दफा १६
कारागार प्रशासन सम्बन्धी व्यवस्था
(१) आफ्नो इलाका भित्रको कारागारको प्रशासन एवं सो सम्बन्धी अन्य सबै व्यवस्थाको सामान्य रेखदेख गर्ने कर्तव्य सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुनेछ ।
(२) प्रत्येक कारागारको निमित्त एकजना जेलर र निज मातहतका अन्य कर्मचारी नेपाल सरकारबाट ठेकिएको संख्यामा रहनेछन्।